गैरआवासीय नेपाली संघद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
गैरआवासीय नेपाली संघले दक्षिण कोरिया शाखाले संकलन गरेको ४ हजार टेष्ट किटसहितका स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरीएको छ ।
४ हजार टेस्ट किट र ५ सय विशेष सुरक्षा उपकरण (पीपीई) नेपाल पठाएको थियो । ती सामग्री अगामी हप्तासम्म नेपाल सरकारमार्फत स्वास्थ्य केन्द्रमा पुग्ने संघले जनाएको छ ।
ती सामग्री मध्ये ५० थान पिपिई नेपाल सरकारका ४ वटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५ थान, त्रिशुली अस्पताल र नुवाकोटमा ५५ थान, धौलागिरी अंचल अस्पताल २२ थान र पर्वत जिल्ला अस्पताललाई ८ थान हस्तान्तरण गरिने संघका महासचिव डा. हेमराज शर्माले बताउनु भयो ।
एउटा किटबाट १० जनाको परीक्षण गर्न मिल्ने भएकाले ४० हजार नमुना परीक्षण गर्न सकिने छ । किटबाट टेष्ट गरेको ३ घण्टामै नतिजा दिने सकिने संघले जनाएको छ ।
त्यस्तै गैरआवासीय नेपाली संघ चीनको पहलमा ५ सय ५० वटा आईआर थर्मोमिटर, २० हजार वटा पीपीई सेट, १७ हजार ४ सय केएन ९५ मास्क, ४७ हजार डिस्पोजेबल मास्क र ४० लाख पञ्जा शनिबार काठमाडौं आइ पुग्ने जनाकारी संघका कुमार पन्तले जाकारी दिनु भयो ।
‘एक नेपाली एक हेल्थ किट अभियान’ अन्तर्गत संकलित रकमबाट कोरोना संक्रमण भए नभएको चेक गर्ने प्रभाबकारी हेल्थ किट किनेर पठाउने निर्णय बमोजिम ती सामग्री नेपालको लागि कार्गो गरिएको एनआरएनए कोरियाले जनाएको छ ।
दक्षिण कोरियामा एनआरएनए र स्वतन्त्र अभियन्ताले तीन दिनसम्म सञ्चालन गरेको राहत संकलन अभियानबाट करिब एक करोड ४० लाख नेपाली रकम जम्मा भएको थियो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य सम्वन्धी सामग्री खरिद प्रक्रिया संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीले संघले थप १ करोड बराबरको सामग्री यसै साता नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।
कोरोना भाइरस संक्रमण भए नभएको छोटो अवधिमै रिजल्ट दिन सक्ने कोरियन किट नेपाल पठाउन समयमै प्रक्रिया पुरा गरे पनि विमानस्थल अवरुद्ध हुदाँ केही ढिला भएको एनआरएनए दक्षिण कोरियाको अध्यक्ष यज्ञराज सुबेदीले जानकारी दिनु भयो ।
अध्यक्ष पन्तले नेपाललाई स्वाथ्य समाग्री जुटाउन सहयोग गर्ने कोरिया, चीन र मकाउका गैर आवासीय नेपालीहरु र त्यहाँस्थित दूतावास एवम् नेपाल सरकार प्रति आभार व्यक्त गर्नु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्