पर्वतमा स्वाव परिक्षण ५० जनाको रिपोर्ट नेगेटिभ

पर्वत । पर्वतका ६६ जनाको स्वाब संकलन गर्दा ५० जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी १६ जनाको रिपोर्ट आउन बाँकि रहेको छ । पर्वतमा बिदेशबाट फर्किएकाहरुको स्वाव परिक्षण भइरहेको छ ।
कुश्मा नगरपालिका र फलेवास नगरपालिकासहित जलजला र मोदी गाउँपालिकाका ५० जनाको स्वाब संकलन गरि परिक्षणका लागि पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको पर्वत अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिनुभयो ।
पर्वतमा चैत ३ गतेपछि तीन सय १६ जना विदेशवाट आएका छन् । ती मध्ये अहिले एक सय ८५ जना होम क्वारेन्टाइनमा रहेका छन् भने १० जना सरकारी क्वारेन्टाइनमा रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सबैको परिक्षण गर्न थालिएको निर्देशनालयका प्रमुख डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । आजबाट पर्वतमा ¥यापिड टेष्ट शुरु हुँदैछ ।
आजदेखि कुश्मा र फलेवासमा कोरोनाको ¥यापिड टेष्ट गर्ने अस्पतालले जनाएको छ । पर्वतमा चैत महिनापछि बिदेशवाट फर्किएका सबैको ¥यापिड टेष्ट गरिने योजना अनुरुप आजदेखि कुश्मा र फलेवासवाट परिक्षण शुरु गरिने अस्पतालले जनाएको हो ।







प्रतिक्रिया राख्नुहोस्