रोल्पा र जाजरकोटका १९ मजदुर मेलम्चीमा अलपत्र

मेलम्ची । सडकको मजदुरी गर्दै आएका जाजरकोट र रोल्पाका १९ मजदुर सिन्धुपाल्चोकमा अलपत्र परेका छन ्।
पुसदेखि मेलम्ची नगरपालिकाको सडक मर्मतका लागि ठेकेदारले ल्याएका उनीहरु अहिले अलपत्र अवस्थामा रहेका छन् । ठेकेदार प्रकाश श्रेष्ठ सम्पर्क्विहीन भएपछि कामदारहरु १० दिनदेखि भोकभोकै परेका हुन् ।
मजदुरहरु मेलम्ची वडा नम्बर १० मा बस्दै आएका छन् । देशभर लडकडाउन भएदेखि ठेकेदार भने सम्पर्किवहीन भएका हुन् ।
उनीहरुको समूहमा दुई महिला र र १७ पुरुष छन ्। अलपत्र पर्नेमा रोल्पाका ६ र जाजरकोटका १३ जना रहेका छन् ।
‘हामीलाई काम दिन भनेर ठेकेदारले यहाँ ल्याए तर अहिले आपतको समयमा सम्पर्किवहीन भएकाले हामी अलपत्रमा परेका छौ’, जाजरकोट छेहेरा गाउँपालिकाका कर्णबहादुर पुन मगरले भननुभयो, ‘ दैनिक खानका लागि अहिले समस्या भएको छ ।’
उहाँले डकडाउनका कारण नौ दिनदेखि काम नगरिएको र घर जाने र खाने खर्च नभएको बताउनुभयो ।
अलपत्र पर्नेमध्येका एक रोल्पा त्रिवेणी गाउँपालिकाका कर्णबहादुर खड्का सरकारले राहत दिने भनी धाउँदैमा दिन बितेको बताउँनुहुन्छ । ‘घर जान मन थियो’, उहाँले भन्नुभयो, ‘न त जान पाइन्छ, न ठेकेदार फोन उठाउँछ, न त हामी नै केही गर्न सक्छौं ।’

ठेकेदारको खोजीमा प्रहरी कार्यालयसम्म पुग्दापनि केही नभएको उनीहरुको गुनासो छ ।
मेलम्ची नगरपालिका वडा नम्बर १० का अध्यक्ष भक्तबहादुर कार्कीले उनीहरु अलपत्र परेकाले राहत दिने प्रक्रिया सुरु भएको बताउनुभयो । दैनिक काम गरेर खानुपर्ने श्रमिक भएकाले उनीहरुको विषयमा उचित निर्णय गर्न नगरपालिकामा लेखेर पठाइएको र छिटै राहत दिइने उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्