सुदुरपश्चिम प्रदेश सरकारले बिपन्न परिवारलाई तीन हजार दिने

अत्तरिया कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले अति बिपन्न , असहाय र ज्यालादारी मजदुरका परिवारलाई तीन हजार दिने निर्णय गरेको छ ।
प्रदेशको आज बसेको मन्त्रिपरिषद बैठकले तीन हजारका दरले राहत दिन स्थानीय तहलाई १६ करोड रुपैयाँ दिने निर्णय गरेको हो ।
त्यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाइ १५/ १५ लाखको बिमा गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद बैठकले अस्पतालमा बिकास समिति मातहतका स्वास्थ्यकर्र्मीको लागि पनि प्रोत्साहन भत्ताको ब्यवस्था गर्ने निर्णय गरेको छ भने प्रदेशका सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री मन्त्री शाहले बताउनुभयो ।
त्यसैगरी मन्त्रिपरिषद बैठकले जिल्ला प्रशासन कार्यालयलाई पाँच लाखका दरले र नेपाली सेना , शसस्त्र प्रहरी र नेपाल प्रहरीको लागि १५ लाखका दरले ब्यवस्थापनको लागि रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
त्यस्तै प्रदेशमा फागुन मसान्तसम्म तिर्नुपर्ने कर, शुल्क र दस्तुरको अबधि बैशाख मसान्तसम्म थप गर्ने गरेको छ ।
मन्त्रिपरिषद बैठकले कोष सञ्चालन निर्देशिका र राहत बितरण मापदण्ड समेत पारित गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री मन्त्री शाहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्