सरकारी कम्पनीले खाद्यान्न अनलाईन मार्फत घरघरमा बिक्री गर्ने

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइनमार्फत खाद्यान्न बिक्री गर्न शुरु गरेको छ ।
कम्पनीले लकडाउनको कारण घरमै रहेका उपभोक्ताको सहजताका लागि खल्ती, ई सेवा, तथा आइएमईसँगको साझेदारीमा अनलाइन बिकी्र कारोवार शुरु गरेको जनाएको छ ।
कम्पनीले बुधवार अनलाइन अर्डर लिएर खाद्यान्न दुईजना उपभोक्ताको घरसम्म पु्र्याएको जनाएको छ ।
अनलाइनमार्फत बिकी्र वितरणको परीक्षण गर्दा कै दिन बुधवार सामानको अर्डर गर्ने एक जना उपभोक्ता भने कम्पनी कै अध्यक्ष बाणिज्य सचिव बैकुण्ठ अर्याल हुनुहुन्थ्यो ।
कम्पनीका कर्मचारीहरुले एक जना उपभोक्तालाई कोटेश्वरसम्म र अर्का उपभोक्तालाई सिहदरबारस्थित बाणिज्य मन्त्रालयमा सामान बिकी्र गरेका थिए ।
कम्पनीले हाललाई अनलाइन सामान किन्न अनलाइन आदेश दिंदा न्युतम दुई हजार रुपैया माथिको मात्र आदेश गर्न सकिने व्यवस्था मिलाएको र हाललाई काठमाडाँैको चक्रपथ भित्र मात्र सामान बिक्री गर्ने प्रवन्ध मिलाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
कम्पनीले खाद्यान्नको भुक्तानी अनलाइन मार्फत मात्र गर्ने व्यवस्था गरे पनि हाल शुरुवातको क्रममा भएकोले सामान लिएर नगद भुक्तानी गर्न सकिने व्यवस्था गरेको भए पनि अनलाईन भुक्तानीलाई नै जोड दिएको छ ।
निकट भविष्यमा कम्पनीले चामल र कर्णालीको सीमीका साथै दाल चामल र अन्य खाद्यान्न समेत बिक्री गर्ने तयारी अघि बढाएको सुवेदीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्