सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन आग्रह
काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन ‘लकडाउन’का समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।
महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै असहज परिस्थितिका बीच अनेकौँ कठिनाइ र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व पत्रकारले बहन गरिरहेको बताउनुभएको छ ।
विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार सङ्कलनमा रोकलगायत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्