तपाईँ सुन्दै हुनुहुन्छः

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको पत्नीलाई कोरोना भाइरस संक्रमण

ऐजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी सोफी ट्रूडोलाई कोरोना भाइरसको संक्रमण देखा परेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार बिहीबार प्रधानमन्त्री ट्रूडोकी श्रीमती सोफी बेलायतबाट एक कार्यक्रममा सहभागी भएर फर्कनुभएको थियो ।
त्यसपछि उहाँलाई फ्ल्यू जस्तो लक्षण देखिएको थियो। डाक्टरले स्याम्पल जाँच गर्दा उहाँलाई कोरोना भाइरस संक्रमण भएको देखिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button