कोरोनाको संक्रमणः ओलाङचुङगोला र किमाथांका नाकाबाट आवतजावत बन्द
ताप्लेजुङ । नोबेल कोरोनाको संक्रमण फैलिएँंगै चीनसँग सिमान जोडिएको ताप्लेजुङको ओलाङचुङगोला र संखुवासभाको किमाथांका नाकाबाट आवतजावत बन्द गरिएको छ ।
सिमा बन्द रहेपनि ताप्लेजुङका नागरिकले सदरमुकामबाटै दैनिक उपभोय बस्तु लैजाने भएकोले सिमा बन्दले दैनिक उपभोग बस्तुको अभाव नरहेको फुक्तालुङ गाउँपालिका ५ ओलाङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो । यता किमाथांकाका नागरिक श्रम र खाद्यान्नका लागि चीनसँग निर्भर छन् । चीनको चाँगा बजार किमाथांका नजिकै भएकाले कोरोनाको त्रास भने बढ्दो छ ।
नाका बन्द भएपछि किमाथांकामा खाद्यान्नको पनि संकट भएको छ । दुई हप्ताअघि हेलिकप्टरबाट खाद्यान्न लगिएपछि अहिले त्यो निख्रिने अवस्थामा पुगेको भोटखोला गाउँपालिका–१ किमाथांकाका वडाध्यक्ष तेञ्छिेवी शेर्पा बताउनुहन्छ । ताप्लेजुङमा भाइरसको संक्रमणलाई मध्यनजर गदै केही दिनअघि जिल्लाबासीलाई सचेत रहन अपिल गरिएको र पुनः २८ गते सरोकावाला निकायहरुबीच बसेर एयरपोर्ट, नाका लागायतको क्षेत्रमा स्वास्थ्य र सुरक्षा जाँचलाई मजबुद बनाउने तयारी रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो ।
ओलाङचुङगोलामा ५६ र किमाथांकामा १ सय २० परिवार बस्छन् । दुवै नाकामा स्थास्थ्य चौकी भएपनि त्यहाँ पर्याप्त औषधि र स्वास्थ्यकर्मी छैनन् । त्यहाँ तालिमप्राप्त कर्मचारी र औषधि बढाउनु पर्ने स्थानीयको माग छ ।








प्रतिक्रिया राख्नुहोस्