तपाईँ सुन्दै हुनुहुन्छः

सबैभन्दा बढी पत्रकार महिला रेडियोमा

काठमाडौँ । क्रियाशील पत्रकार महिलालाले ४५ जिल्लामा गरेको अध्ययन अनुसार सबैभन्दा बढी ६० प्रतिशत पत्रकार महिला रेडियोमा कार्यरत भएको पाइएको छ ।

समाचार कक्षमा महिला विषयमा डब्लुडब्लुजेले गरेको अध्ययन आज राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दिपक सुवेदीले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव सुवेदीले पहिलाको तुलनामा सञ्चारमाध्यममा पत्रकार महिलाको उपस्थिति बढेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं नेपाल टेलिभिजनका अध्यक्ष डा.महेन्द्र बिष्टले महिला भएकै कारण पारिश्रमिकमा बिधेद छ भने चुप लागेर बस्न नहुने बताउनुभयो ।

त्यसै गरी प्रेसकाउन्सिल नेपालका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार महिलाको अवस्था आशालाग्दो भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले महिलाहरु दोहोरो जिम्मवारी पूरा गरेर पनि पत्रकारितामा क्रियाशील हुनु खुसीको कुरा भएको बताउनुभयो ।

सञ्चाररिका समूहका सचिव यशोदा अधिकारीले पत्रकार महिलाको संख्या बढेको भएपनि गुणस्तरमा विकास हुन नसेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार संगीता लामा, हेमलता राईले पनि पत्रकारिताका अनुभव साट्नुभएको थियो ।

अनुसन्धानमा सहभागि योगेन्द्र नापितले पत्रकार महिलाको विट, तलव, जिम्मेवारीलगायतलाई आधार मानेर अनुसन्धान गरिएको जानकारी दिनुभयो ।

सार्वजनिक अनुसन्धानमाथि बरिष्ठ पत्रकार श्री आचार्यले टिप्पणी गर्नुभएको थियो ।

क्रियाशील पत्रकार महिलाको अध्यक्ष अमिका राजथलाले समाचार कक्षमा महिलाहरुको अवस्था हेर्न आफूहरुले सो अध्ययन गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button