प्रदेश १ का चारवटा अस्पतालमा २८ शैय्याको आइसोलेसन वार्ड तयार

बिराटनगर । प्रदेश न १ को सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका बिभिन्न अस्पतालहरुले २८ शय्याको आइसोलेसन वार्ड तयार गरेको छ ।
प्रदेश न १ सामाजिक विकास मञ्त्रालयले बिराटनगरमा आज पत्रकार सम्मेलन गरी भाइरस संक्रमणको आशंका देखिएमा सहज उपचारका लागि डाक्टरको प्रत्यक्ष निगरानीमा राख्ने गरी सो वार्डको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
सो मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख डा शुरेश मेहताले प्रदेशमा रहेका ठुला चारवटा अस्पतालमा २८ वटा आइसोलेसन वेड तयार गरिएको बताउनुभयो ।
बिराटनगरस्थित बिराट मेडिकल कलेजमा सबैभन्दा बढी १२ वटा, त्यसैगरी धरानस्थित विपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १० कोशी अञ्चल अस्पतालमा पाँच र नोवेल मेडिकल कलेजमा आइसियूसहितको एउटा आइसोलेसन वेडको व्यववस्था मिलाइएको छ ।
प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह समेत तयारी अवस्थमा राखेको छ ।
समाजिक विकाश मन्त्री जिवन घिमिरेले अस्पताल र ल्याबका चिकित्सकलाई बिशेष प्रकारको तालिम दिने व्यवस्था सहित कोशी अञ्चल अस्पतालमा प्रदेश आपलकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो ।
कोरोनाको संक्रमण रोक्न तथा सावधानी अपनाउन भन्दै प्रदेश सरकारले टास्क फोर्स गठन गरेको छ । प्रदेश स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा चिकित्सक सहितको नौ सदस्यीय टास्क फोर्स गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
कोरोना सम्भावित बिरामीको नमूना संकलन तथा सावधानीका लागि चिकित्सकले लगाउने सुरक्षित समाग्रीहरु अस्पतालले खरिदगर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै नेपालको मुुख्य पूर्वी प्रदेशद्धारबाट आवतजावत गर्नेहरुको स्वास्थ्य चेकजाँचका लागि काकडभिट्टा, बिराटनगरको रानी र इलामको पशुपतिनगर तथा भापाको भद्रपुरमा हेल्प डेस्क संचालनगरि बिशेष निगरानीको बढाइएको मन्त्री घिमिरेले बताउनुभयो ।
त्यस्तै सिमाक्षेत्रमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सयक्त टोली परिचालन गरी वोर्डर केन्द्रित कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
यसैगरी कोरोना भाइरस सक्रमितहरुको स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य सेवा विभागले प्रदेश सरकारलाई १० स्थानमा सुुरक्षित जाँच उपकरण समेत प्रदान गरेको स्वास्थ्य सेवा विभाग स्वास्थ्य महाशाखा प्रमुख भोगेन्द्रराज डोटेलले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्