तपाईँ सुन्दै हुनुहुन्छः

माइभ्याली गोल्डकपको फाइनल प्रवेशका लागि मछिन्द्र र एम एफसी दार्जलिङ भिड्दै 

इलाम । इलाममा जारी छैटौं माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज मछिन्द्र क्लब र भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जलिङ्ले प्रतिस्पर्धा गर्दै छन् ।

इलामस्थित ठुलो टुडिखेलमा दिउँसो ३ः०० बजेपछि फाइनल प्रवेशका लागि दुई टोली प्रतिस्पर्धा गर्दैछन् । ए डिभिजन लिग बिजेता मछिन्द्र क्लबमा नेपाल स्टार खेलाडीहरु छन् । सताक्षी गोल्डकपको उपाधि समेत जितेको मछिन्द्र माइभ्याली गोल्डकपको उपाधी चुम्ने दाउमा छ ।

यो प्र्रतियोगितामा मछिन्द्रले क्बाटर फाइनलमा गोर्खा ब्वाइज रुपन्देहिलाइ टाइबेकरमा हराउदै सेमिफाइनल सम्म आइपुगेको हो ।

मानेभञ्जाङ फुटबल क्लबले दार्जिलिङ झापा ११ लाई २–१ गोलले हराउदै सेमिफाइनल सम्मको यात्रा तय गरेको हो । दार्जिलिङको टीममा अण्डर १४ र १६ राष्ट्रिय टिमबाट अनुभव बटुली सकेका खेलाडीहरु सेटमा रहकोले उच्च मनोबलका साथ मैदानमा उत्रदै छ ।

मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटासहित नेपालकाको ६ वटा र ४ विदेशी टीमको सहभागिता टोलीको सहभागिता रहेको छ ।

माइ भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल फागुन २४ गते हुनेछ । गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button