तपाईँ सुन्दै हुनुहुन्छः

आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ ।मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ । महाशाखाले मध्य र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका मध्य र पूर्वी भागका साथै पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ । त्यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तीन दिनको मौसम

बुधबार
दिउँसो पूर्वी, मध्य तथा पश्चिमी भू–भागमा बदली रहनेछ । पूर्वी भू–भागका केही स्थान तथा मध्य र पश्चिमी भागका पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

बुधबार राति मध्य भू–भागमा सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मध्य र पश्चिमी तराईका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

बिहीबार
दिउँसो पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार राति मध्य र पश्चिमी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।

शुक्रबार
दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार राति पश्चिमी, मध्य र पूर्वी भागमा बदली रहने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button