तराईको विकास उच्च प्राथमिकतामाः राष्ट्रपति भण्डारी
सञ्जय कार्की, रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले तराईको विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
आज रौतहटको मौलापुरस्थित कर्नाटकालिन महादेवको विशेष पुजापछि मधानी महायज्ञको उद्घाटन गर्नुहुदै राष्ट्रपति भण्डारीले हुलाकी मार्ग, आधुनिक एकीकृत बस्ती विकास, जनता आवास कार्यक्रम सुदृढ गर्नेलगायतका काम सरकारले गरिरहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले प्रदेश सरकारको बेटी पढाउ बेटी बचाउ अभियानले महिलालाई सक्षम र आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुुभयो ।
राष्ट्रपति भण्डारीले छोरी शिक्षा प्रभावकारी बनाउन तथा दाईजो, बोक्सी प्रथा र महिंला हिंसाजस्ता सामाजिक कुरिती हटाउन सबै लाग्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्