तपाईँ सुन्दै हुनुहुन्छः

एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट छनोट प्रभावित

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण तीन टोलीले सहभागिता नजनाउने भएपछि थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी क्रिकेट छनोट प्रभावित बन्न पुगेको छ ।

यससँगै ५ टोलीको मात्र सहभागिता रहने प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियासँग खेल्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिलले सोमबार इस्टर्न रिजनको नयाँ खेल तालिका सार्वजनिक गरेको छ । भुटान, चीन र म्यानमारले कोरोना भाइरसको कारण प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । यी तीन टोलीले नाम फिर्ता लिएसँगै इस्टर्न रिजन अव लिगको आधारमा हुने छ ।

लिगपछि शीर्ष दुई टोली अगष्टमा मलेसियामा हुने एसिया टि ट्वान्टी क्वालिफयारको लागि छनोट हुने छन् ।

चीन, भुटान र म्यानमारले सहभागिता नजनाउने भएपछि प्रतियोगिता दुइ दिन पछि सरेको छ । अब नयाँ तालिका अनुसार इस्टर्न रिजन फागुन १७ देखी २३ गते सम्म (२९ फ्रेबअरी देखी ६ मार्च ) सम्म हुने भएको छ ।

इस्टर्न रिजनमा नेपाल सहित थाईल्यान्ड, हङकङ, सिंगापुर र मलेसियाबीच प्रतिस्पर्धा हुने छ । इस्टर्न रिजनको लागि नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्य टोली घोषणा गरि सकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button