तपाईँ सुन्दै हुनुहुन्छः

आफुहरुलाई सिआईडी भएको भन्दै लुटपाट गर्न खोज्ने दुई युवा पक्राउ

तनहुँ । आफुहरुलाई सिआईडी भएको भन्दै रकम असुल गर्ने प्रयास गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ २७ गते तनहुँको शुक्लागण्डकी नगरपालिका ९ घारिमा सिआईडीको परिचय दिएर लुटपाट गर्न खोज्ने दुलेगौडाका सागर पुन र पोखरा महानगरपालिका २७ का अरविन गुरुङ्गलाई इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ गरेको हो ।

बैंकबाट पैसा लिएर घरतर्फ जाँदै गरेका एक व्यक्तिलाई तपाईको झोला चेक गर्नुप¥यो शंकास्पद बस्तु भएको शंका छ भन्दै उनीहरुले लुटपाट गर्ने प्रयास गरेका थिए ।

पिडित व्यक्तिले आफुलाई शंकास्पद व्यक्तिहरुले सिआईडीको परिचयसहित लुटपाट गर्ने प्रयास गरेको भन्दै खबर गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनीहरु सिआईडि नभएको खुलेको प्रहरी निरिक्षक जगदिश रेग्मीले बताउनुभयो ।

रेग्मीका अनुसार दुई युवालाई अभद्र व्यवहारको मद्दा चलाएर कारवाही प्रक्रिया अगाडी बढाइएको छ । पक्राउ परेको पुन केही समय अघि धरौटीमा रिहा भएका अभियुक्त रहेको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button