जलविद्युतको नहरमा खसेर बालिकाको मृत्यु

बागलुङ । बागलुङको ग्वालिचौरमा नहरमा खसेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालिचौरमा आमाले भाडा माझ्दै गर्दा संगै खेलिरहेकी चार बर्षिया बालिकाको जलविद्युतको नहरमा खसेर मृत्यु भएको हो ।
ग्वालिचौर निवासी कृष्ण परियारको चार वर्षिया छोरी सिजन परियार आमासँगै भाडा माँझ्न ग्वालीचौर लघुजलविद्युत आयोजनाको नहर छेउमा गएको बेला चिप्लिँदा नहरको पानीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले जानकारी दिनुभयो ।
बालिकालाई नहरको पानीले बगाएर दुई सय मिटर तल पुराएको थियो । बालिकाको उद्धार गरी बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्