तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा बार काउन्सिलको मतदान शुरु

फाइल तस्बिर

डडेलधुरा । पहिलो पटक बार काउन्सिलको मतदान केन्द्र डडेल्धुरामा स्थापना भएपछि सुदुरपश्चिमका चार पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला र बझाङका कानुन व्यवसायीहरु खुसी भएका छन् ।

बिगतमा कैलाली, कञ्चनपुर र डोटी जिल्लामा बार काउन्सिलको पार्षद निर्वाचनका लागि यि चार जिल्लाका कानुन व्यवसायीहरु अपायक रहेको डोटी जिल्लामा मतदान गनुपर्ने बाध्यता यस पटकबाट अन्तभएपछि खुसी मुद्धामा देखिएका हुन् ।

डडेल्धुरा जिल्लाको बार एशोसिएशनको आफ्नै भबनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर मतदान सुरु गरिएको जिल्ला बार इकाई डडेल्धुराका अध्यक्ष लालबहादुर जाग्रीले जानकारी दिनुभयो ।

आज बिहान १०ः०० बजेबाट सुरु भएको उक्त मतदान केन्द्रमा कुल ३७ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत एवम बार इकाई डडेल्धुराका अध्यक्ष जाग्रीले बताउनुभयो ।

अहिले दिउँसोको ठिक १ः३० बजेसम्म ३३ जनाले मतदान गरिसकेको र बाँकी चार जनाले मतदान गर्नु बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मतदान साँझ ५ः०० बजेसम्म खुल्ला रहने र मतदानको समय सकिएलगत्तै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत जाग्रीले बताउनुभयो ।

पहिलो पटक डडेल्धुरा जिल्लामा मतदानस्थल तोकिएको प्रति यहाँका कानुन व्यवसायीहरु बार काउन्सिललाई धन्यबाद दिदै यहाँको चार जिल्लाको पायक पर्ने स्थान डडेल्धुरा भएकाले उच्च अदालतको इजलास स्थापना गरिनुपर्ने माग राख्दै हस्ताक्षर अभियान थालेको जिल्ला बार इकाई डडेल्धुराका पर्व अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button