तपाईँ सुन्दै हुनुहुन्छः

नारायणपुरको रोयल वुड फर्निचरमा भीषण आगलागी

चितवन । भरतपुरको एक फर्निचरमा आगलागी भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ नारायणपुर स्थित रोयल वुड पार्केट इन्डष्ट्रीजमा आज बिहान आगलागी भएको हो ।

बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एक नारायण कोइरालाले जानकारी दिनुभयो ।

आगो नियन्त्रणका लागि भरतपुर महानगरपालिका, नेपाली सेनाको दमकल, माडी नगरपालिका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button