गढीमाईमा पुजा गर्न छुटेका बली चढाउने दर्शनार्थीको भिड

बीरगंज । विश्वप्रसिद्ध बाराको गढीमाई मन्दिरमा आज माघे संक्रान्तिका दिन दर्शनार्थीहरुको भिड लागेको छ । आज बिहानैदेखि बारा पर्सा रौतहटलगायत भारतबाट समेत हजारौंको संख्यामा भक्तजनहरु गढीमाईको दर्शनका लागि पुगेका छन् ।
गत मंसिर महिनामा लागेको मेलामा बलि चढाउन छुटेकाहरुले आज गढीमाईमा बलि समेत चढाएका छन् । बिहानैदेखि गढीमाईको पुजा गर्न जाने दर्शनार्थीको कारण वीरगंज कलैया सडकखण्डमा सवारी साधनको चाप बढेको छ ।
भिडलाई मध्यनजर गर्दै त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।
चिसोको मौसममा दर्शनार्थीलाई सहजताको लागि महागढीमाई नगरपालिकाले दाउरा वितरण गरेको नगरप्रमुख उपेन्द्र यादवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्