१४ जिल्लाका ९१ स्थानबाट निर्माण सामग्रीको उत्खनन गरिनेः आपूर्ति मन्त्री भट्ट

काठमाडौं । देशभर भइरहेको नदीजन्य सामग्रीको वैध र अवैध रुपमा भइरहेको दोहनबारे सरकारले अध्ययन गर्ने भएको छ ।
निर्माण सामग्रीका लागि नदीमा मात्र निर्भर रहँदा त्यसले उत्पन्न गरेको समस्या र दोहनबारे विस्तृत अध्ययन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिनु भयो ।
आइतवार मन्त्रालयमा भावी योजनाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले अब नदीमा मात्र निर्भर रहेको निर्माण सामग्रीको आपूर्ति खानीतर्फ केन्द्रित गर्ने तयारी भैरहेको जानकारी गराउनु भयो ।
पत्रकार सम्मेलनमा मन्त्री भट्टले खानी विभागले पहिचान गरेका १४ जिल्लाका ९१ स्थानबाट निर्माण सामग्रीको उत्खननका लागि निजी क्षेत्रलाई सहभागी गराउन बोलपत्र आह्वान गर्ने तयारी मन्त्रालयले गरिरहेको समेत जानकारी गराउनु भयो ।
गत बर्षको तुलनामा यस बर्ष बैदेशिक लगानीको प्रतिवद्धता १३२.५ प्रतिशतले बढेर ९३ अर्ब ७४ करोड भएको र कुल लगानी प्रतिवद्धता ३९ प्रतिशतले बढेर १ सय ५२ अर्ब पुगेको जानकारी पनि मन्त्री भट्टले जानकारी गराउनु भयो गराउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्