चिकित्सकीय जाँचमा लापरबाही गर्न नहुने महान्यायाधिवक्ता भनाई

भद्रपुर, झापा । महान्यायाधिवक्ता अग्नि खरेलले चिकित्सकको रिपोर्टका आधारमा अपराधको अनुसन्धान निर्भर हुने भन्दै त्यसमा लापरवाही गर्न नहुने बताउनु भएको छ ।
झापाको बिर्तामोडमा आइतबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाले कानुनी चिकित्सा व्यवस्थाका सम्वन्धमा सरोकारवालासँग छलफल गर्न आयोजित कार्यक्रममा महान्यायाधिवक्ता खरेलले अपराध अनुसन्धानमा चिकित्सकीय जाँच महत्वपूर्ण हुने बताउँदै त्यसमा लापरवाही नगर्न निर्देशन दिनु भएको हो । उहाँले जाँचको रिपोर्ट जस्ताको तस्तै र प्रष्ट बनाइदिने दायित्व विशेषज्ञहरुको भएको औँल्याउनुभयो ।
कतिपय चिकित्सकको रिपोर्टलाई आधार बनाएर प्रहरीदेखि न्यायाधीससम्मको बुझाई एउटै हुँदा निर्दाेषले सजाय भोग्नु परेको भन्दै महान्यायाधिवक्ता खरेलले बुझाइको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी विशेषज्ञ र प्रहरी कर्मचारीलाई निर्देशन दिँदै महान्यायाधिवक्ता खरेलले अनुसन्धानलाई प्रमाणले बाँध्न सके मात्रै मुद्दा प्रभावकारी हुने र दोषी उम्किन नसक्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्