इराकबाट तत्काल सेना फिर्ता हुँदैन : अमेरिकी रक्षा मन्त्री

वासिङ्टन डिसी । अमेरिकी रक्षामन्त्री मार्क एसपरले इराकबाट अमेरिकी सेना फिर्ता गर्ने तत्कालका लागी कुनै योजना नभएको बताउनु भएको छ । इराक स्थित अमेरिकी सेनाको कार्यलयबाट सेना फिर्तीको संकेत गर्ने एक पत्र प्राप्त भए पछि उक्त आङ्कलन गरिएको थियो ।
इराकी सासंदले अमेरिकी सेना फिर्ताको माग गरे पछि “सेनालाई आगामी दिन र हप्ताहरुमा स्थानान्तरण गरिने “ उक्त पत्रमा उल्लेखित भएको बताइएको छ ।
रक्षामन्त्री एसपरले भने सेना तत्कालका फिर्ता नहुने स्पष्ट गर्न भएको छ । अमेरिकी ड्रोन आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानिको हत्या पछि उक्त क्षेत्र तनाबग्रस्त छ ।







प्रतिक्रिया राख्नुहोस्