तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार हालसम्मकै सबैभन्दा उच्च बिन्दु प्रतितोला ७५ हजार ५ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय तोकेको छ । यस्तै चाँदी प्रतितोला ९ सय रुपैयाँ पुगेको छ ।
गत शुक्रबार ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आइतबार एक हजार रुपैयाँले बढेको हो । शुक्रबार र आइबार चाँदीको मूल्यमा भने खासै फरक परेको छैन् ।

गत शुक्रबार अमेरिकी सेनाको हवाई आक्रमणमा परेर इरानी कुर्दिस फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका थिए । बगदाद अन्तर्रा्ष्ट्रिय विमानस्थलमा शुक्रबार विहानै भएको आक्रमणबाट फोर्सका प्रमुख मारिएपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ ।

दुई देशबीच युद्ध हुने आशंकाले विश्व बजारमा सुनको जोहो गर्न सुन किन्ने दर बढेकाले सुन चाँदीको मू्ल्यमा असर परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मध्यपूर्वको तनावका कारण विश्व बजारमा सुनको मूल्य ६ वर्ष यताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेको छन् । एक महिनाको अवधिमा नेपालमा सुनको मूल्य तीन हजार ८०० ले वृद्धि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button