तपाईँ सुन्दै हुनुहुन्छः

मेलमिलाप सम्बन्धी अधारभुत तालिम सम्पन्न

बारा । स्थानीयस्तरको विवाद स्थानीयस्तरमै समाधान गरौं भन्ने मुख्य नाराका साथ बाराको सदरमुकाम कलैयामा मेलमिलाप समबन्धी अधारभुत सात दिने तालिम सम्पन्न भएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवले समाजमा हुने गरेको मनमुटाव, घिचातानी, वादविवादका कारण भव्य समाज निर्माणमा समस्या श्रृजना हुने गरेको हुदा सभ्य समाजको निर्माण, भाईचराको सम्बन्ध कायम गर्नका लागि पनि मेलमिलापको अवधारणा सकारात्मक रहेको बताउनुभयो ।

अहिलेपनि समाजका व्यतिmहरुले झिना मसिना मुद्धाहरुमा पनि प्रहरी प्रशासन एवम अदालतको नै भर पर्नुपर्ने बाध्यता रहेको हँुदा गम्भिर प्रकृतिका मुद्धा बाहेक अन्य झिना मसिना मुद्धाहरुलाई आफनै गाँउ ठाँउमा मेलमिलाप केन्द्र मार्फत गर्नुपर्नेमा सुझाव मेयर यादवले व्यतm गर्नुभएको थियो । मेलमिलाप राम्रोसंग सञ्चालनका लागि उपमहानगरपालिकाबाट गनुपर्ने सहयोगका लागिपछि नहटने प्रतिवद्धता व्यतm गनुभयो ।

एसिया फाउन्डेशनको आर्थिक सहयोग, माण्डवी संस्थाका सहकार्य र कलैया उपमहानरपालिका न्यायिक समितिको आयोजनामा सो तालिम आयोजना गरिएको थियो । न्याययिक समिति कलैया उपमहानगरपालिकाका संयोजक रहिमा खातुनको अध्यक्षतामा समपन्न सो कार्यक्रममा कानुन अधिकृत कमल प्रसाद पोखरेल, माण्डवीका मेलमिलापकर्ता पार्वती भटराई, एसिया फाउन्डेशनका प्रतिनिधि नेजमुल्ला अंसारी, कलैया उपमहानगरपालिका वडाका वडाअध्यक्षहरु तथा न्यायिक समितीका सदस्यहरु पुन्यदेव रौनियार, एमामुदिन ठकुराई नगरसभा सदस्य शम्भु गुप्ता, लगायतकाले शुभकमना मनतब्य ब्यतm गर्नुभएको थियो ।

महिला र पुरुष गरी ३० जनाको सहभागिता रहेको तालिममा माण्डवीका प्रशिक्षण बिजी घिमिरे, पार्वती भटराईले दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button