चिसो बढेपछि कैलालीको घोडाघोडीका विद्यालयमा तीन बिदा

टीकापुर कैलाल । अत्याधिक चिसो बढेपछि कैलालीको घोडाघोडी नगरपालिकाले तीन दिन विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
अत्याधिक चिसो बढेकाले पठनपाठनमा समस्या हँुदा नगरपालिकाको समन्वयमा शिक्षासँग सम्बद्ध पदाधिकारी र प्रधानाध्यापकहरुको आज बसेको बैठकले पौष १४ गते देखि १६ गतेसम्मका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मौसम प्रतिकूल भएकाले बिद्यालयको सञ्चित बिदाबाट घटाउने गरी तीन दिन नगर भित्रका सामुदायिक एवम निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
केही दिन यता कैलालीमा हुस्सु र शितलहरसंगै अत्याधिक चिसो बढेको छ ।
प्रतिक्रिया राख्नुहोस्