महिला माथि हुने घरेलु हिंसाको संख्यामा बृद्धि

काठमाडौँ – महिला माथि हुने घरेलु हिंसाको संख्या बढेको एक तत्थ्याङ्कले देखाएको छ । राष्ट्रिय महिला आयोगले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी गतबर्ष आयोगमा उजुरी परेका एक हजार चार सय ७४ उजुरी मध्ये एक हजार तिन सय १८ उजुरी घरेलु हिंसाबाट पीडित महिलाहरुको रहेको जनाएको हो ।
आयोगका सचिव दीपेन्द्र काफ्लेले समाजिक सञ्जालको दुरुपयोग, उच्च गरिबी र पृतिसतात्मक सोचका कारण महिंला हिंसाका घट्नाहरु बढेको भन्दै यसको न्युनिकरणका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोडदिनुभयो ।
सचिव काफ्लेले भोलीदेखि सुरु हुने महिला हिंसा विरुद्धको १६ दिने अभियान सफल पार्न नागरिक समाज, सन्चार माध्याम र सारोकारवाला सबैले आ–आफ्नो ठाँउबाट सहयोग गुर्नपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्