तपाईँ सुन्दै हुनुहुन्छः

२ सय १८ मोतिविन्दुको शल्यक्रिया

सल्यान । सल्यानको शारदा नगरपालिका १ शितलपाटीमा भएको निःशुल्क आँखा शिविरमा २ सय १८ जनाको मोतियाविन्दुका रोगीको आँखाकोे अप्रेशन भएको छ ।

शितलपाटी आँखा अस्पतालको आयोजनामा मंसिर २,३ र ४ गतेसम्म चलेको शिविरमा २ सय १८ जनाको शल्यक्रिया गरिएको हो ।

शिविरमा ७ सय १५ जना विरामीको आँखा चेक जाँच गरिएको थियो । सेवा लिनेमा २ सय ८२ पुरुष र ४ सय ३३ महिला रहेको शितलपाटी आँखा अस्पतालका वरिष्ठ नेत्र स्वास्थ्य कार्यकर्ता पदमराज पन्तले जानकारी दिनु भयो । शिविरमा आएका विरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको उहाँको भनाई छ ।

शिविरमा सल्यानका सम्पूर्ण स्थानीय तह र छिमेकी जिल्ला रोल्पा, रुकुमबाट समेत विरामी आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button