तपाईँ सुन्दै हुनुहुन्छः

प्रगति दिन नसक्नेलाई हटाइन्छ : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मातहत निकायका विभागीय प्रमुखले सन्तोषजनक प्रगति गर्न नसके जिम्मेवारीबाट हटाउने चेतावनी दिनुभएको छ ।

नेपाल पर्यटन बोर्डमा आज मन्त्रालय मातहत निकायका प्रमुखसँग भएको बैठकमा मन्त्री भट्टराईले मन्त्रालय मातहत विभागको कामप्रति कडा टिप्पणी गर्दै मातहतका प्रत्येक कार्यालयका प्रमुखहरुको कामको सम्बन्धमा स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभएका कार्यालय प्रमुखलाई परिवर्तन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “लक्ष्यअनुरुप नभए स्पष्टीकरण सोध्नेछ । सन्तोषजनक प्रगति नभए परिवर्तन गरिनेछ, परिवर्तन हुनेले मन नदुखाउनुहोला ।” पर्यटनमन्त्री भट्टराईले राजनीतिक नियुिक्त लिएर विभिन्न पदमा रहेका सन्तोषजनक काम नगरेकालाई तत्काल बाटो खाली गर्न निर्देशन दिँदै आफँै बाटो खाली नगरे कामका आधारमा हटाउने र हटाएको खण्डमा अदालत पुगेर नरुन आग्रह गर्नुभयो ।

विभागीय प्रमुखहरुले आज प्रस्तुत गरेको कार्यप्रगति र कार्ययोजना कामचलाउमात्र भएको भन्दै पूर्ण रुपमा कामकाजी रिपोर्ट ल्याउन निर्देशन दिनुभयो । उहाँले नेपाल भ्रमण वर्ष २०२० अभियान सफल बनाउनका लागि मन्त्रालय मातहतका सबैले के के गर्ने योजनासहित आगामी मङ्सिर ११ र १२ गते बस्ने बैठकमा खाका प्रस्तुत गर्न पनि निर्देशन दिँदै काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button