तपाईँ सुन्दै हुनुहुन्छः

वाडाङमी पापनी पर्व धुमधामसँग मनाइदै

धनकुटा – धनकुटा जिल्लाको खाल्सा छिन्ताङ सहिद भुमि गाउँपालिकामा बसोबास गर्ने राई समुदायले मनाउने वाडाङमी पापनी पर्व धुमधामसँग मनाईरहेका छन् । उनीहरुले वर्षभरीको सुखदुख भुल्दै ढोल बजाउदै पापनी नाँच नाचेर एक आपसमा रमाइरहेका छन् ।

वाडाङमी पापनी नाँच धनकुटा जिल्लाको खाल्सा छिन्ताङ सहिद भुमि गाउपालिकामा बसोबास गर्ने राईहरुले सबैभन्दा ठूलो चाडको रुपमा मनाउने मौलिक परम्परा बोकेको एक साँस्कृतिक पर्व हो ।

यहाका राइ समुदायले वाडाङमी पापनी नाँच आपसी दुखसुख साटासाट गर्दै सबैको यो वर्ष सुखमय होस् दुख पिडा कसैलाई नपरोस् भन्दै गितको माध्यमबाट कामना गर्दै ढोल बजाउदै गोलबद्ध भएर महिला पुरुष हात समातेर नाच्ने गरिन्छ ।

यो पर्व बिशेष गरेर बुढाहाङको पालामा आदिम कालदेखि नै हरेक वर्ष कात्तिक पूर्णिमादेखि सातदिनसम्म मनाउदै आएको छिलिङ किरात उत्थान समाजका सचिव श्यामकुमार राइले बताउनुभयो ।

ब्ुाढाहाङको गढि घरमा बुढाङहाङमाथि बिश्वास गर्नेहरुले आफ्नो मनोआँकाक्षा पुराहोस् भनि भाकाल गरेकाहरुले पहिले बलिचढाएर प्रसाद बाँड्ने उक्त चलन हटेको र साथै माङसुवा हुँदा मान्द्रोमा फुलअक्षेतासमेत राखेर जोखना हेर्ने चलन रहेको थियो भन्दै अहिले माङसुवा नभएपछि बलि दिन छोडेर सबैले परेवा उडाउदै आएको श्यामकुमार राईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button