दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट
काठमाडौं। युएईमा भइरहेको टी–१० लिगमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले लगातार दोस्रो खेलमा पनि विकेट लिएका छन् । टिम कर्नाटकसंग आवद्ध सन्दीपले बंला टाइगर्सविरुद्ध २ विकेट लिएका हुन् ।

कर्नाटकाले दिएको ११५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको बंलाका आन्द्रे फ्रेचर र थिसरा परेरालाई सन्दीपले आउट गरे । सन्दीपले फ्रेचरलाई ४० रन र परेरालाई ३ रनमा आउट गरे । उनले २ ओभरमा केवल ९ रन दिए ।
यद्यपी खेलमा बंला ५ विकेटले विजयी भयो । बंगाले ७ बल बाँकी छदै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । उसका लागि फ्रेचरसँगै टम मोरिसले ९ बलमा नटआउट २८ रन जोडे ।
त्यसअघि कर्नाटकाका लागि जोनसन चार्ल्सले २९ बलमा ५७ रन र कप्तान हसिम अमलाले २९ बलमा नटआउट ४७ रन जोडेर ११४ रनको योगफल तयार पारेका थिए ।








प्रतिक्रिया राख्नुहोस्