तपाईँ सुन्दै हुनुहुन्छः

निजामती कर्मचारीहरुको उमेरहद ५८ वर्षबाट बढेर ६० वर्ष कायम

बढ्यो कर्मचारीको उमेरहद, अब ६० वर्षमा अवकाश

काठमाडौँ – निजामति कर्मचारीहरुको सेवाको उमेरहद ६० बर्ष निर्धारण गर्ने गरी नियम बनाउने बिषयमा संसदको राज्य ब्यवस्था तथा सुशासन समितिमा सहमति कायम भएको छ ।

लामो समयदखि समितिमा रहेको ,संघिय निजामति सेवा सम्बन्धि बिधेयक मस्यौदा बारेमा छलफल गर्न बिहिबार बसेको राज्य ब्यवस्था समिति बैठकले यसअघि बिद्यामान ५८ बर्षे उमेर बढाएर ६० बर्ष तोक्ने ब्यवस्था गर्ने सहमति गरेको हो ।

समिति बैठकमा सहभागी संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रि लालवाबु पण्डितले परिवर्तित सन्दर्भ अनुरुप कर्मचारी प्रसाशनको प्रभावकारिता बढाउन पुराना व्यवस्था परिमार्जनको आवश्यकता रहेको बताउनुभयो

मन्त्रि पण्डितले दण्डको ब्यवस्था मजबुत गरेर मर्यादित तथा जिम्मेवार निजामति सेवाको रुपमा, यस्को रुपान्तण हुनेगरी बिधेयक पारित गर्नुपर्नेमा जोड दिनुभयो ।

दफावार छलफलमा रहेको संघिय निजामति बिधेयकलाई अन्तिम रुप दिन राज्य ब्यवस्था समिति केही दिन यता छलफलमा जुिटरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button