तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु, ४ जना घाइते


सर्लाही – सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।

मृत्यु हुनेमा बागमती नगरपालिका–९ शंकरपुरका चैनकुमार रायका ८ वर्षीय छोरा शुसिल राय र ईश्वरपुर नगरपालिका.वडा न.१ चौलिखा बस्ने २० वर्षिय श्याम महतो रहेका छन ।

निर्माणचोकहुँदै सोल्टी बजार जाने क्रममा बा ३५ प ५५१२ नम्बरको मोटरसाइकलको ठक्करबाट मंगलवार दिउँसो ८ः०० वर्षीय बालक राय गम्भिर घाइते भएका थिए । घाइतेको बिरगञ्ज हेल्थ केयर विरगञ्जमा उपचारकोे क्रममा मंगलवार राती मृत्यु भएको प्रहरी चौकी राजघाटले जनाएको छ ।

घटनामा मोटरसाइकल चालक बागमती नगरपालिका–५का २५ वर्षीय सुजन खड्का र पछाडि सवार सोही ठाउँका ३० वर्षीय बिनोद तामाङ्ग घाइते भई हरिवनस्थित नमुना अस्पतालमा उपचार भइरहेका प्रहरीले जनाएको छ ।

मगंलबार साँझ नै ईश्वरपुर न.पा.११ स्थित भित्री सडकखण्डमा करमुहानबाट खैरातर्फ जादै गरेको प्रदेश २–०३–२००१ स ०३१८ नं को अटोले बिपरित दिशाबाट आउदै गरेको बिआर ३० डब्लु ८२५० नं को मो.सा.लाई ठक्कर दिँदा मोटरसाइकल चालक वडा न.१ चौलिखा बस्ने २० वर्षिय श्याम महतो, चन्द्रनगर गा.पा.२ बस्ने बर्ष १७ को सुनिल साह, वडा नं. २ कै १७ वर्षिय शिवशरण महत्तो गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका श्याम महतोको बयलबासमा रहेको अमृत हेल्थ केयरमा समान्य उपचार पश्चात थप उपचारको लागि नेश्नल मेडिकल कलेज बिरगंजमा लाने क्रममा बाटोमा नै मृत्यु भएको थियो भने अन्य दुई जना गम्भिर घाईते भएका साह र महतोको धनुषामा रहेको लालगढ मोडल अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक जयकृष्ण प्रसाद कुर्मीले जानकारी दिनभयो ।

मृतक बालक र महतोको शव पोष्टमार्टमका लागि मलंगवा अस्पतालमा ल्याइको छ भने घटनाको अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलयका प्र्रहरी प्रवक्ता प्रतित सिंह राठोरले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button