तपाईँ सुन्दै हुनुहुन्छः

भारततर्फ लैजान लागेको अवस्थामा ५० किलो गाँजासहित तीन पक्राउ

वीरगंज –जिल्ला प्रहरी कार्यालयको लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको गस्ती टोलीले बाराको निजगढबाट भारततर्फ लैजान लागेको अवस्थामा परवानीपुरबाट १० पोकामा रहेको अवैध लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

बा ५३ प ४०४७ नम्बरको मोटरसाईकलमार्फत गांजा भारततर्फ लैजान लागेको अवस्थामा बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

झण्डै ५० किलो भन्दा बढी परिमाणमा रहेको गांजासहित बाराको निजगढ नगरपालिका वडा नम्बर ५ बस्ने ३८ वर्षिय ईन्द्र बहादुर तामाङ्ग, निजगढ नगरपालिका वडा नम्बर १० बस्ने २६ वर्षिय पदम तामाङ्ग र २२ वर्षिय रोशन तामाङ्गलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको छ ।

यसैगरी पर्सा प्रहरीले वीरगन्जको विभिन्न स्थानबाट अवैधरुपमा भारततर्फ लैजान लागेको अवस्थामा दुई सय ३० किलो केराउ बरामद गरेको छ ।

बरामद गरिएको केराउ थप कारवाहीको लागि वीरगज भन्सार कार्यालयमा बुझाईएको पर्सा प्रहरीले जनाएको छ ।

यसैगरी आज विहान पर्सा प्रहरीले चेकजांचको क्रममा वीरगन्जको नया बसपार्कबाट ७ वटा पोकामा रहेको ७० लिटर भन्दा बढी अवैध घरेलु मदिरा बरामद गरेको छ ।

बरामद गरिएको अवैध घरेलु मदिरा स्थानीय बासिन्दा, सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button