तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकी कोरिडोरको ८० कि.मि. सडक खण्ड असार भित्रै स्तरोउन्नती गरिने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको ८० किलोमिटर सडक खण्ड आगामी असार भित्रै स्तरोउन्नती गरिने भएको छ ।

भारतको सुनौली देखि चीनको सिमाना कोरल्ला नाका सम्म जोडने यो सडक १० मिटर चौडा पार्न भौतिक योजना तथा निर्माण मन्त्रालयले नेपाली सेनालाई निर्देशन दिएपछि सेनाले धमाधम काम अगाडी बढाएको नेपाली सेनाका निर्माण कार्यदल प्रमुख रेश्मीराज भट्टराईले जानकारी दिनुभयो ।

पर्वतको मालढुंगादेखि गुल्मीको रिडीसम्मको खण्डमा सेनाले २०७० देखि काम गरिरहेको हो । २०७० को असारमा शिलान्यास गरेपछि सेनाले ८० किमि ट्रयाक खोलेको थियो । सरकराले गत आर्थिक वर्षमा २० करोड रुपैयाँ रकम विनियोजन गरे पछि सो खण्डको काम शूरु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button