तपाईँ सुन्दै हुनुहुन्छः

भारतविरुद्ध कञ्चनपुरमा निरन्तर प्रदर्शन

कञ्चनपुर – भारतले जारी गरेको नया नक्सामा नेपालको उत्तरी कालापानी क्षेत्रलाई भारतीय भ–ूभागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि कञ्चनपुरका युवा विद्यार्थी संगठन भारतविरुद्ध निरन्तर बिरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

नेपाली अविवादित भुमिलाई भारतले नयाँ नक्सामा देखाएपछि सत्तापक्ष नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ, अनेरास्ववियू तथा युवा विद्यार्थीहरुले बिहिबार पनि महेन्द्रनगरमा बिरोध स्वरुप मोटरसाइकल ¥याली निकाल्दै विरोध दशगजामा प्रदर्शन गरेका छन भने महाकाली नदी पारी महाकाली नगरपालिकामासमेत भारतिय सिमा सुरक्षा वल(एसएसवि) क्याम्प नजिक प्रदर्शन गरेका छन ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा मात्र होइन देशका विभिन्न सिमामा नाका क्षेत्रमा भएको अतिक्रमित नेपाली भुमिलाई लाई भारतले दुई पक्षिय कुटनितिक पहल गरी यथाशीघ्र राजनितिक नक्सालाई सच्याउनु पर्ने अनेरास्ववियु केन्द्रिय सदस्य भिम भट्ट बताएका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button