भारतीय नक्सा खारेजको माग गर्दै जुम्लामा प्रर्दशन

जुम्ला – नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा खारेज गर्नुपर्ने माग गर्दै जुम्लामा प्रर्दशन गरिएको छ । नेपाल मजदुर किसान पाटी जुम्लाले शुक्रबार सदरमुकाम खलंगामा नारा जुलुस गर्दै भारतीय नक्सा खारेजीको माग गरिएको हो ।
भारतले हालै जारी गरेको नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नै भूमिमा रहेको जनाएको छ । उक्त नक्सा सार्वजनिक भएपछि चौतर्फी रुपमा नक्सा सच्याउन माग गर्दै आन्दोलन भईरहेका छन् । सोही अनुसार जुम्लामा पनि बिरोध जुलुस प्रर्दशन गरिएको नेमकिपाका जिल्ला अध्यक्ष शिवलाल डाँगीले बताउनुभयो । धर्नापछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै अध्यक्ष डाँगीले नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा तत्काल खारेज गर्नुपर्ने बताए ।

नेपाली सिमि मिचिदा सत्तापक्ष र प्रतिपक्षको भावाना नराखी नक्सा खारेजको आन्दोलनमा हातेमालो गर्नुपर्नेमासमेत उहाँको जोड थियो । नेपाली भूमि समेटेको नक्सा भारतले सार्वजनिक गरेसंगै ठाउँठाउँमो (गो ब्याक इन्डिया) अभियान समेत सञ्चालन भईरहेका छन् । नक्सा नसच्याए थप आन्दोलनमा उत्रने जुम्लाबासीको चेतावनी छ ।
भारतीय नक्सा खारेजीको माग गर्दै कर्णालीका जुम्ला र मुगु जिल्लाले मात्रै विरोध गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्