तपाईँ सुन्दै हुनुहुन्छः

छिंताङका सहिद परिवारलाई पाँच /पाँच लाख दिने प्रदेश सरकारको निर्णय

बिराटनगर – प्रदेश नं. १ को सरकारले धनकुुटा छिंताङका सहिद परिवारलाई प्रति परिवार पाँच पाँच लाख रुपैँया दिने निर्णय गरेको छ । मुुख्यमन्त्रीको कार्यालय बिराटनगरमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।

राज्यले घोषण गरेका १६ जना शहिदका परिवारलाई पाँच पाँच लाख रुपँैया दिने मन्त्री परिषद् बैठकले निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवोले बताउनुुभयो । सबै सहिदहरुले राहत पाए पनि छितांङका शहिद परिवारले लामो समयदेखि राहत नपाएको भन्दै मन्त्री परिषदको बैठकले सो निर्णय गरेको हो ।

यसैगरी मन्त्री परिषद् बैठकले कोष सञ्चालनका लागि प्रदेश लेखा नियन्त्रक कार्यालय पाँचवटा जिल्लामा इकाई कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । झापा, पाँचथर, धनकुुटा, उदयपुुर र ओखलढुुंगा जिल्लामा सो कार्यालय स्थापना गर्ने निर्णय भएको मन्त्री आङवोले बताउनुुभयो । सुुनसरी र मोरङ जिल्लाको काम भने मोरङबाट गर्ने निर्णय भएको छ ।

यसैगरी प्रदेश योजना आयोगको कार्य सञ्चालन आदेश संशोधन गर्ने र अनुुसुुचि दुुईमा थप गर्ने तथा धरानमा स्थापना भएको वन निर्देशनालयको निर्देशकमा रविन्द्र महर्जनलाई तोक्ने निर्णय भएको तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रदेश समपुुरक अनुुदान सम्बन्धी कार्यविधि–२०७५ संशोधन गर्ने निर्णय भएको मन्त्री आङवोले बताउनुुभयो । स्थानिय तहलाई अनुुदान दिन कार्यविधि संशोधन गर्ने निर्णय गरेको उहाँले बताउनुुभयो ।

त्यस्तै सामाजिक विकास मंत्रालयको विभिन्न काम सम्पादनका लागी कार्यविधि–२०७६ लाई स्वीकृति प्रदान गर्ने निर्णय मन्त्री परिषद्ले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button