तपाईँ सुन्दै हुनुहुन्छः

सुडानमा देशव्यापी युद्धविरामको घोषणा

काठमाडौँ । सुडानमा देशव्यापी युद्धविरामको घोषणा गरिएको छ ।बुधबार सर्वोच्च परिषद्का अध्यक्ष अब्देल फताह अल बुर्हानले संविधानअनुसार देशको सवै ठाउँमा लागू हुनेगरी युद्धविराम घोषणा गरेका हुन् ।

सुडानमा शान्ति स्थापनाका लागि सहयोग पुग्नेगरी वातावरण बन्ने विश्वासका साथ संविधानअनुसार युद्धविरामको घोषणा गरिएको हो, परिषद्का अध्यक्षद्वारा जारी घोषणामा उल्लेख गरिएको छ । उनको घोषणा जारी भएसँगै लागू भएको मानिने व्यवस्था रहेककाले बुधबारदेखि युद्धविराम लागू भएको छ ।

दक्षिणी सुडानको राजधानी जाबामा वार्ताको प्रयास भइरहेका बेला युद्धविरामको घोषणा भएको हो।

सुडानको सरकारी पक्ष र विद्रोही तथा सशस्त्र समूहहरूका बीचमा वार्ताको प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन् । सुडानमा लामो समयदेखि विभिन्न समूहहरूसँग सरकारको द्वन्द्व चलिरहेको छ । एजेन्सी

प्रतिक्रिया राख्नुहोस्

Back to top button