विश्वकप छनोटः जोर्डनसँग ३-० ले पराजित
काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा नेपालले जोर्डनसँग पनि पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल बलियो टिम जोर्डनसँग ३-० ले पराजित भएको हो ।
पहिलो हाफमा जोर्डनलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो ।
जोर्डनका लागि जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान एक एक गोल गरे ।
खेलको ५६ औं मिनेटमा नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा फेरासले सहजै गोल गरे ।
यस्तै खेलको ८७ औं मिनेटमा अहमेदले चिप गोल गर्दै जोर्डनलाई २(० को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३-० को सहज जित दिलाए ।
प्रतिक्रिया राख्नुहोस्