प्रदेशसभा सदस्य खातुनले लिनुभयो पद तथा गोपनीयताको शपथ
जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यमा नियुक्त नाजिमा खातुनले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले प्रदेशसभा सचिवालयमा आज आयोजित समारोहमा नवनियुक्त सदस्य खातुनलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
शपथ ग्रहण समारोहमा नेकपा (एमाले) का संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सचिवालयका सभा सचिव वासुप्रसाद कोइरालालगायत कर्मचारीको उपस्थिति थियो । रासस







प्रतिक्रिया राख्नुहोस्