छ देशका नगर प्रमुखसहितको टोली भक्तपुरमा
भक्तपुर – बिश्वका बिभिन्न देशका नगर प्रमुख र प्रतिनिधिले विश्व सम्पदा सुचिमा सुचिकृत भक्तपुर दरबार क्षेत्रको विभिन्न सम्पदा र पाँचलते मन्दिर अवलोकन गरेका छन् ।
काठमाडौं महानगरपालिकाको पहिलो र औपचारिक निमन्त्रणामा ईन्द्रजात्रामा सहभागी हुन नेपाल आउनुभएका विदेशी पाहुनाहरूले आज भक्तपुरको भ्रमण गर्नुभएको हो ।
ईन्द्रजात्रा हेर्न आएका ६ देशका नगर प्रमुखहरुले आज भक्तपुर नगरपालिकाको बिश्व प्रसिद्ध सम्पदा क्षेत्रहरुको अवलोकन गरेका हुन् ।
अवलोकन भ्रमणमा चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जी, भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंहलगायत अमेरिका र जापानका दश शहरबाट नेपाल आएका पदाधिकारीहरू अवलोकमा सहभागी रहेका थिए ।
भक्तपुर दरवार क्षेत्रमा ५५ झ्याले दरवार, लुँःध्वाका, तलेजु, निर्माणाधिन फसी देग, पशुपति महादेव लगायतका दरवार क्षेत्रमा रहेको दरवार, मठ मन्दिरहरुको अवलोकन गरे ।
त्यस पछि तःमारहीमा ङातापोल्ह मन्दिर, भैरव मन्दिर लगायत वरीपरीका सम्पदाहरुको अवलोकन गर्नु भयो । त्यहाबाट क्वाछेँ, सुकुल ढोका, गोःमारही, ईनाचो हुदै तचपाल स्थित भिमसेन मन्दिर, दत्तात्रय मन्दिर, म्हैखा झ्यो (मयुर झ्याल) अवलोकन गरि च्याम्हासिँह सम्म पैदल हिडेर फर्किनु भएको हो ।
भ्रमणमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ समेत सहभागी हुनुहुन्थ्यो ।
विदेशी पाहुनाहरुलाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशी सहितको टोलीको विदेशी पाहुनाको स्वागत गर्नुभई भक्तपुरको विश्व सम्पदाम क्षेत्रमा पर्ने दरबार स्क्वाएर र पाँचतले मन्दिर र भक्तपुरको कला संस्कृतिको महत्वको विषयमा भ्रमण टोलीलाई जानकारी गराउनुभएको थियो ।
आज नै भ्रमण टोली पाटन दरबार क्षेत्र जाने कार्यक्रम रहेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्