तपाईँ सुन्दै हुनुहुन्छः

जिम्न्यास्टिक महिलातर्फको अलराउण्ड च्याम्पियनसिप आर्मीकी चन्द्राकलालाई स्वर्ण

सुर्खेत ।  १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकतर्फको महिला अलराउण्ड च्याम्पियनसिपको स्वर्ण पदक त्रिभुवन आर्मी क्लबकी चन्द्राकला खड्काले जित्नुभएको छ । 

आज सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) की सुनिता दर्नाललाई पछि पार्दै नापितले स्वर्ण पदक हात पार्नुभएको हो । 

खड्काले फ्लोरतर्फ १५.२० र भल्टतर्फ १०.९५, अङ्कसहित कुल २६.१५ अंक ल्याएर प्रथम स्थान हासिल गर्नुभयो । यस्तै, एपीएफ सुनिता दर्नालले रजत पदक जित्नुभएको छ । 

उहाँले फ्लोरतर्फ १४.३५ र भल्टतर्फ १०.९० अङ्कसहित कुल ५२.४० अंक प्राप्त गर्नुभयो । त्रिभुवन आर्मी क्लबकी हरशाली रनजीतले २४.५५ अङ्कका साथ कास्य पदक जित्नभयो । उहाँले फ्लोरतर्फ १३.६० र भल्टतर्फ १०.९५ अंक जोडनुभयोे । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button