तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसका बाँकी जिल्ला र प्रदेश अधिवेशनको समय तालिका सार्वजनिक

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशनको समय तालिका सार्वजनिक गरेको छ ।

केन्द्रीय कार्यसमितिसँगको समन्वयमा अधिवेशनको मिति तय गरिएको समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिनुभयो । 

निर्धारित कार्य तालिकाअनुसार हिमाली तथा पहाडी जिल्लाको अधिवेशन मङ्सिर २४ देखि २७ गतेसम्म हुनेछ । अन्य जिल्लाको अधिवेशन पुस ४ र ५ गतेका लागि तय गरिएको छ ।

यसैगरी, सात वटै प्रदेशको अधिवेशन पुस १० देखि १८ गतेभित्र सम्पन्न गरिने सदस्य–सचिव कटुवालले जानकारी दिनुभयो । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम १५औँ केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि चयन गरी महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भइसकेको छ ।

बाँकी जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्न सम्बन्धित स्थानमा खटिएका निर्वाचन अधिकृतलाई सम्बन्धित तहका सभापतिसँग परामर्श गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्न केन्द्रीय निर्वाचन समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button