तपाईँ सुन्दै हुनुहुन्छः

दशौं राष्ट्रिय खेलकुदको उद्घाटन प्रधानमन्त्रीले गर्नुहुने

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले  गर्नुहुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले आज सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यो जानकारी दिनुभएको हो ।

‘प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री आउनुहुन्छ’ मन्त्री पोखरेलले भन्नुभयो, ‘उद्घाटनको समय भने १४ गतेपछि मात्रै थाहा हुन्छ ।’ उद्घाटनमा प्रधानमन्त्री आउने पक्कापक्की भए पनि समय बिहान वा दिउँसो भन्ने विषयमा यकिन नभएको मन्त्री पोखरेलको भनाइ छ । यसअघि प्रतियोगिता राष्ट्रपतिबाट उद्घाटन र प्रधानमन्त्रीबाट समापन गर्ने परम्परा थियो ।

यस्तै मन्त्री पोखरेलले कर्णालीमा राष्ट्रिय प्रतियोगिता गर्नु नै ठूलो उपलब्धि भएको बताउनुभयो। ‘पहिले राष्ट्रिय प्रतियोगिताहरू काठमाडौँमै हुन्थे, यसपालि कम्तीमा कर्णालीमा प्रतियोगिता भएको छ’ फुटबलको सेमिफाइनल र फाइनल किन जुम्लामा खेलाउन थालिएको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो , ‘जुम्लाका नागरिकलाई पनि न्याय हुने गरी एउटा खेलको फाइनल जुम्लामा गर्नुपरेको हो ।’ 

यस्तै उद्घाटनको मुख्य स्थलमा प्राविधिक पक्ष बाहेकका अन्य प्राविधिक काम पूरा भएका छन् । यही मंसिर १६ गते उद्घाटन हुने प्रतियोगिताका खेलहरू मंसिर ८ गतेदेखि नै सुरु भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button