तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा तेस्रो दाइँ महोत्सव सुरु

कास्की। पोखरामा तेस्रो दाइँ महोत्सव सुरु भएको छ। पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ‘तेस्रो दाइँ महोत्सव–२०८३’ सुरु भएको हो।

कृषि र पर्यटनलाई जोड्ने उद्देश्यले आयोजित महोत्सव पोखरा महानगरपालिका–२९, नौबिसे सिसुवामा सुरु भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले जानकारी दिए।

महोत्सवमा दर्जनभन्दा बढी देशका पर्यटक सहभागी भएका छन्। महोत्सवले नेपाली कृषि संस्कृति, परम्परा र ग्रामीण पर्यटनको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button