१०औँ राष्ट्रिय खेलकुद : जिम्न्यास्टिक प्रतियोगितामा दोस्रो चरण खेलहरू सुरु

सुर्खेत । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिक खेलमा दोस्रो चरणका प्रतिस्पर्धा आजदेखि सुरु भएका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको मिनी कभर्ड हलमा महिला तथा पुरुष खेलाडीहरूले बिहीबार र शुक्रबार फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधामा पहिलो चरण पुरा गरी दोस्रो चरणमा प्रवेश गरेका छन् ।

जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार अधिकांश खेलाडीहरूले प्रारम्भिक चरण पुरा गरि दोस्रो चरणमा प्रवेश गरेका छन् ।
तीन चरणमा सञ्चालन हुने जिम्न्यास्टिक खेलमा कम्पिटिसन–२ (अलराउन्ड) मा ४२ महिला र ४९ जना पुरुष खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी, गण्डकी, कोशी प्रदेशका साथै विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाले सहभागी छन् ।

जिम्न्यास्टिक प्रतियोगिता बिहीबारदेखि शुरु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्