जंगली हात्तीको आक्रमणबाट उदयपुरमा वृद्धको मृत्यु
उदयपुर । उदयपुरको बेलका नगरपालिका–६, सुकुम्वामा जंगली हात्तीको आक्रमणबाट स्थानीय ७३ वर्षीय रणध्वज राईको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बिहीबार दिउँसो करिब ३ बजे पसलबाट सामान लिएर घर फर्किने क्रममा हात्तीले आक्रमण गर्दा राईको घटनास्थलमै मृत्यु भएको हो।
घटनालगत्तै इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र सवडिभिजन वन कार्यालय लालबजारको टोली घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।
पछिल्लो समय बेलका क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति भएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ।








प्रतिक्रिया राख्नुहोस्