तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो ।

एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो ।

नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध पराजय व्यहोर्दा युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराएको हो । नेपाली टोली अब एसिया आइसिसी एकदिवसीय विश्वकप ‘क्वालिफायर प्लेअफ’मा केन्द्रित हुनेछ । प्रतियोगिता यही मङ्सिर १८ देखि पुस ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button