तपाईँ सुन्दै हुनुहुन्छः

उत्तरी गोरखामा हावाहुरीले विद्यालय र घरका छाना उडायो

गोरखा।आज एकाबिहानै चलेको हावाहुरीले जिल्लाको धार्चे गाउँपालिका–५ सिङ्लामा विद्यालय र घरका छाना उडाएको छ ।

हावाहुरीले धार्चे–५ सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको स्थानीयले जानकारी दिएका छन् । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार, हुरीले विद्यालयको जस्तापाता उडाएको छ । कच्ची अवस्थामा रहेका केही घर र गोठका छाना पनि उडाएको उहाँको भनाइ छ ।

“आकाश पूर्ण रुपमा खुल्ला छ, घाम लागिरहेको छ”, उहाँले भन्नुभयो, “बाँदल लागेको छैन, तर हावा चलिरहेकै छ ।” हावाहुरीले जङ्गलका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको शिक्षिका गुरुङको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button