अर्घाखाँचीमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्कमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सन्धिखर्क नगरपालिका–१, स्यालेबजारमा आज साँझ भएको दुर्घटनामा सन्धिखर्क नगरपालिका–७, गच्छे बजार निवासी ४८ वर्षीय मुकुन्दराज चुँदालीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार साँझ ४ बजेर ५५ मिनेटमा सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डको स्यालेमा फुदवाङबाट सन्धिखर्कतर्फ आउँदै गरेको रा १ त ५०३९ नम्बरको ट्याक्टरको पछाडि सोही दिशाबाट आउँदै गरेको लु ६४ प ९८६३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
दुर्घटनामा घाइते चुँदालीलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पुर्याइएकोमा साँझ ५ बजेर १५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख दिवसबहादुर जिसीले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्